

लागुऔषध र १० लाख बढी नगदसहित तीन जना पक्राउ



रूपन्देही प्रहरीले लागुऔषध र १० लाख बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीका फरक फरक स्थान र मितिमा उनीहरूलाई लागुऔषध र नगदसहित पक्राउ गरिएको हो।
प्रहरीले रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं। ५ घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं।२ मेउडिहवा बस्ने २६ वर्षीय ईरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका वडा नं। १ बाइपास बस्ने २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका वडा नं। ६ पकडिहवा बस्ने ३५ वर्षीय ईरसाद प्रवेजलाई पक्राउ गरेको हो।
गत आइतबार साँझ ८ बजेतिर आफ्नै घरबाट पक्राउ परेका ईरफानको साथबाट प्रहरीले १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
ीबहmष् दबलप
सोमबार बिहान पौने ११ बजेतिर सिद्धार्थनगर १ बन्दरगाहबाट पक्राउ परेका प्रेमलालको साथ बाट १ ग्राम ०३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
ल्अभिि
त्यस्तै, मंगलबार दिउँसो साढे चार बजेतिर पक्राउ परेका इर्सादको साथबाट डाइजिपाम, ब्रुफेन, प्रोमेथाजिन हाइड्रोक्लोराइड गरी २९३ एम्पुल सुई, २६० क्याप्सुल स्पास्मो र १० लाख २० हजार नगद रकम समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जना लागुऔषधका कारोबारी रहेको हुनसक्ने प्रहरीले जनाएको छ।
उनीलाई अहिले जिल्ला प्रहरी कार्यालय रूपन्देहीले हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया