

नेसपा (नयाँ शक्ति) कपिलवस्तु जिल्ला सचिवालय सदस्य पौडेलको निधन


कपिलवस्तु | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य आत्मराम पौडेल (प्रकाश) को ४७ वर्षको उमेरमा निधन भएको छ।
कपिलवस्तु नगरपालिका–७ कुस्मा निवासी पौडेलको भाद्र १० गते राति आफ्नै निवासमा अप्रत्यासित रूपमा निधन भएको नेसपा (नयाँ शक्ति) पार्टीले जनाएको छ। पौडेल पार्टीका संस्थापक सदस्य तथा अभियान्ता समेत हुन्।
पार्टीले पौडेलको निधनले स्तब्ध र मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला अध्यक्ष राम निवास पुरीद्वारा जारी विज्ञप्तीमा पौडेल पार्टी प्रतिको लगावसहित जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्ने नेता भएको उल्लेख छ। “मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्,“ विज्ञप्तीमा भनिएको छ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया