

१३१ दिन भैरहवा जेलमा बसेर रवि लामिछाने नख्खु सरुवा





भैरहवा | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने नख्खु कारागारमा सरुवा भएका छन्। उनलाई शनिबार भैरहवा कारागारबाट नख्खु कारागार सरुवा गरिएको हो। लामिछानेलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ लगिएको रास्वपा नेता स्वर्णिम वाग्लेले जनाएका छन्।
सभापति लामिछानेलाई विमानस्थलबाट सीधै नख्खु कारागार लगिएको छ। लामिछाने २०८१ चैत २५ गते भैरहवा कारागार चलान भएका थिए। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार उनी जेल चलान भएका थिए।
राष्ट्रिय मानवअधिकार आयोगले गत साता लामिछानेलाई राखिएको रुपन्देही जिल्ला कारागार अनुगमन गरेपछि त्यहाँ अवस्था एकदमै नाजुक रहेको पाइएको जनाएको थियो। रास्वपाले विगत तीन महिनादेखि अगाडिदेखि जेल सार्न अनुरोध गर्दै आएको थियो। आयोगले प्रश्न उठाएपछि सरकारलाई अड्डा सार गर्न दबाब परेको थियो।
कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेको अनुरोध र अदालतको अनुमति भएपछि नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय गरेको जानकारी दिए।
लामिछानेले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक साताअघि निवेदन दिएका थिए। रूपन्देही जिल्ला अदालतले गत साता उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।
लामिछाने काठमाडौँ लैजाने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा रास्वपाका कार्यकर्ताहरू र शुभेच्छुकहरू पुगेका थिए। नख्खु कारागारको गेटमा पुगेका कार्यकर्ताले रवि लामिछानेका पक्षमा नाराबाजी गरेका छन्। उनलाई प्रशासनले कार्यकर्तालाई छलेर आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।
आफ्नो दलका सभापतिलाई राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै रास्वपाले आफ्नो मुद्दामा समर्थन खोज्दै असार ७ गतेबाट सर्वसाधारणको हस्ताक्षर संकलन जारी राखेको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया