

मौसमविद भन्छन्– आगामी ३ दिन ठूलो पानी पर्दैन



मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर लागेको छ । यससँगै नेपालमा मनसुन केही कमजोर भएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज केही कम पानी पर्ने मौसमविदको पूर्वानुमान छ ।
हिजोअस्तीसम्म मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर (नेपालतिर) थियो । त्यसमा पनि तराई मधेशको सिधा माथि थियो । त्यसैले अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतिर (भारततिर) लागेकाले आगामी तीन दिन ठूलो पानी नपर्ने बताए । ‘पानी पर्दै नपर्ने होइन, तर हिजोअस्ति जस्तो ठूलो पानी आगामी तीन दिनसम्म पर्ने देखिँदैन,’ ढकालले भने ।
उनले तराई मधेशका जिल्लाको तुलनामा पहाडी क्षेत्रमा अलि बढी पानी पर्ने बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको मात्र सम्भावना छ ।
त्यसैगरी, आज राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको मात्र सम्भावना छ ।


खबर सबै
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत






प्रतिक्रिया