

मलखादको सहज आपुर्ति माग गर्दै जसपा नेपालद्वारा धर्ना तथा नाराबाजी


कपिलवस्तु। मलखादको सहज आपुर्ति र कालोबजारी अन्त्य गर्नु पर्ने माग गर्दै जनता समाजबादी पार्टी नेपालले तौलिहवा स्थित प्रशासन कार्यालय अघि बुधवार दिउसो एक घन्टा धर्ना दिएको छ । जसपा नेपालको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, पार्टीका केन्द्रिय सदस्य अब्दुल रसिद खा, राम निवास यादव सहीतको पार्टीको नेता कार्यकर्ताहरुले सरकार बिरुद्ध चर्को नाराबाजी गर्दै धर्ना दिएका हुन् ।
पार्टी जिल्ला अध्यक्ष यादवले कृषकहरुलाई मलखाद सहजरुपमा उपलब्ध गराउनु पर्ने माग गरे । मलको अभावमा कृषकहरु छटपाईरहेका भन्दै उनले मल व्यवस्था गर्न सरकारसंग माग गरेका हुन । अन्न भन्डारकारुपमा रहेको कपिलस्तुमा मल नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मलकोे ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन् ।
.‘कपिलवस्तुमा मल नहुदा कृषकहरु समस्यामा परेका छन’ उनले भने ‘तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाई झुक्काईरहेको छ’ । सप्रीरहेको धानका लागि युरिया र डिएपी मल चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए ।
सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्ने अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको बताए ।
सो अवसरमा पार्टीका केन्द्रिय सदस्य अब्दुल रसिद खाँ, रामनिवास यादवले अन्नभन्डारका ररुपमा रहेको कपिलवस्तुका किशानहरुले हरेक बर्ष मलखादको समस्या झेल्नु परेको बताए । सरकारले मलखादको आपुर्ति गरी कृषकहरुको समस्या समाधान गर्नु पर्ने दुबैले माग गरे ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया