

रामहरि खतिवडाको राजीनामा माग गर्दै रास्वपाले गर्यो संसद् बहिष्कार



काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपाका प्रवक्ता मनीष झाले निजामती सेवा विधेयकमा रहेको विश्राम अवधि (कुलिङ अफ पिरियड) का बारेमा विशेष छानबिन समितिले राज्य व्यवस्था समितिका सभापति खतिवडामाथि नैतिक प्रश्न उठाएको भन्दै राजीनामा दिनुपर्ने बताए। विशेष छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम छैन भनेर खतिवडा उम्किन नमिल्ने उनको भनाइ छ।
प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा मानव बेचबिखन नै भएको यसअघिको छानविन समितिले उल्लेख गरेको भन्दै आफूहरूले उठाएका बिषयको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बुधबार पनि रास्वपा सांसदहरुले सदन बहिष्कार गरेका छन्।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया