

प्रहरीकै अगाडि युवकले ३२० मिलिग्राम ब्राउन सुगरकाे पुडिया निलेपछि…



बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहास्थित सीमा नाका क्षेत्रमा चेकजाँच चलिरहेको थियो।
मंगलबार साँझ ६ बजेतिर चेकजाँचमा इलाका प्रहरी कार्यालय मैनापोखरी र प्रहरी चौकी जमुनीको संयुक्त टोली खटिएको थियो।
चेकजाँचमा खटिएको टोलीले शंकास्पद लागेर एकजना युवकलाई रोक्यो सोधपुछ गर्न थाल्यो।
सामान्य सोधपुछ क्रममा ती युवक बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारी घर बताउने ३१ वर्षीय अशोक सुनार रहेको खुल्यो।
उनले आफू भारतको बलई गाउँबाट नेपाल आइरहेको बताएका थिए।
डिउटीको प्रहरीलाई आशंका लागेर उनीमाथि खान तलासी थाल्यो।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालका अनुसार त्यही क्रममा सुनारले एउटा पुडिया नै निलिदिए।
त्यसपछि तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लियो।
डिएसपी पालका अनुसार नियन्त्रणमा लिएपछि ती युवकलाई प्रहरीले वान्ता गर्न लगाएको थियो।
वान्ता गर्दा पुडिया नै निस्किएको थियो। प्रहरीले ती युवकलाई नै पुडिया खोल्न लगाएको थियो।
पुडिया खोल्दा त्यसमा ब्राउन सुगर भेटिएको थियो। तौल गर्दा ३२० मिलीग्राम ब्राउन सुगर फेला परेको डिएसपी पाललले बताए।
पक्राउ परेका सुनारमाथि लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी प्रहरीको छ। जिल्ला अदालतले पाँच दिनको म्याद दिई सुनारमाथि थप अनुसन्धान गर्न अनुमति पाएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया