

वाणगङगामा खुल्यो जनशक्ति व्यवस्थापन तथा वित्तीय परामर्श केन्द्र



राधा पाण्डे, कपिलवस्तु | कपिलवस्तुमै पहिलो पटक नेक्सस ग्रोथ संस्था संचालनमा आएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ मा दक्ष जनशक्ति व्यवस्थापन, बित्तीय परामर्श, प्रशिक्षण, स्वरोजगार तथा सिपमुलक तालिम, विभिन्न शैक्षिक गतिविधि एवम् संचार लगायतका कार्यक्रमहरु संचालन गर्ने उद्देश्यका साथ नेक्सस ग्रोथ संस्था संचालनमा आएको हो ।
सस्थाका प्रबन्ध निर्देशक प्रकाश बस्नेतले आफू बिदेशी भुमिमा गएर पसिना बगाएर स्वदेश आएपछि यहीँ केही गर्नुपर्छ भनेर यो योजना अगाडी सारेको बताउनु भयो । उहाँले विदेशी भुमिमा गर्ने श्रम नेपालमै गर्न सके देश समृद्ध हुने औंल्याउदै हामी युवाले देश छोड्न नहुने स्पष्ट पार्नुभयो । यस्तै संस्थाका बजार व्यवस्थापक राजेन्द्र के. सीले बजार व्याबस्थापनका लागि सबैसंग समन्वय गरि संस्थालाई अगाडी बढाउने कुरामा जोड दिनु भयो ।
बजारको अनुगमन गरि जनशक्तिलाई तालिम प्रदान गरि दक्ष बनाएर बजार व्यावस्थापन गर्न सहजीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । बित्तीय अधिकृत बाबुराम घिमिरेले संस्थाले अबका दिनमा जनशक्ति पलायनलाई न्यूनीकरण गर्न अहम् भुमिका खेल्ने बताउनु भयो । उहाँले युवाहरुलाई स्वोरोजगारमैत्री बनाउने, महिला शसक्तिकरण गर्दै उद्दमशिलतामा जोड्दै आत्म निर्भर बनाउने कुरामा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा विभिन्न सामाजिक संघ सस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजिवि, स्थानीय लगायत संचारकर्मीहरुको विशेष उपस्थिती रहेको कार्यक्रम कार्यकारी निर्देशक मदन मल्लको संचालनमा सम्पन्न भएको थियो । संस्थाले यथासिघ्र सेवा संचालनमा रहेकोले सेवा लिनुहुन सबैलाई हार्दिक अनुरोध समेत गरेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया