

रुपन्देही ३ मा उपनिर्वाचनको चर्चा, कुलमानले गरे राजनीतिमा आउने संकेत





काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन्।
मध्यपूर्वी मुलुकहरुको भ्रमणमा जानुअघि उनले मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा बढ्दै गएको बताए।
प्राधिकरणबाट बाहिर आएपछि आफुपनि सर्वसाधारण नागरिक सरह भएको बताउँदै उनले आगामी दिनमा कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिने भन्ने बारेमा छलफलमा रहेकाले त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताए।
‘जनताका समस्या सम्बोधन गर्न राम्रो लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुनसक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,’ घिसिङले भने।
रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको लागि माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चाका बीचा उनले आफू राजनीतिमा आउन सक्ने सम्भावना रहेको स्वीकार गरेका हुन्।
‘विकास र समृद्धिलाई हामीले फोकस दिएर अघि बढ्नुपर्छ। मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि धेरै समय लाग्दैन। हामीसँग प्राकृतिक स्रोत छ, जनशक्ति छ, सबै चिज छ। त्यकारण देशमा ठूलो परिवर्तन ५ देखि १० वर्ष भित्र हुन सक्छ। त्यो भनेको नेतृत्वप्रतिको विश्वास हो। देशको नेतृत्वले राम्रो गर्छ, प्रस्ट रुपले काम अघि बढाएर जनतामा विश्वास दिलाउन मात्रै सकेपनि धेरै कुरा परिर्वतन हुन्छ।’
यसको अर्थ आफूले मुलुकमा सबै लिडरसिप नराम्रा छन् कसैले काम गरेकै छैन भन्न खोजेको नभइ राजनीति र सामाजिक परिवर्तन धेरै भएपनि नेपालमा आर्थिक रुपान्तरण हुन सकेन भन्न खोजेको उनले बताए। त्यसका लागि विकास गर्न सक्ने नेतृत्व आवश्यक भएको र सोहि डेडिकेसनसहित विकास निर्माणमा जानुपर्ने र द्रुत गतिमा विकास कसरी गर्ने भन्नेतिर सबैजना लाग्नुपर्ने घिसिङको धारणा छ।
राजनीतिक परिवर्तन भन्दा पनि देशको अर्थतन्त्र रुपान्तरण कसरी गर्न सकिन्छ भन्नेतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए। त्यस्ता कुरामा ध्यान दिएर सुशासन कुराहरुमा प्रभावकारी काम गर्न सकेमा परिवर्तन हुन धेरै समय नलाग्ने घिसिङको भनाइ छ।
‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो। त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो। गर्दाखेरी हुँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो। यो एउटा क्षेत्रको सफलता हो,; उनले भने।
कमजोर सुशासन, गरिबी, समाजिक विभेद अन्त्य लगायत सबै कुराहरु सामाजिक र आर्थिक रुपान्तरणसँग जोडिएको बताउँदै उनले एउटा क्षेत्रमा मात्रै राम्रो भएर नहुने सहि मान्छे सहि ठाउँमा बसेर ‘टप टु बटम’ सबै निकायमा सही मान्छे हुनु जरुरी रहेको तर्क गरे। त्यसकारण मेरिटोक्रेसीको विषयलाई एकदमै गम्भीर रुपमा हेर्नुपर्ने उनको भनाई छ।
‘हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्छ। किन हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौं। त्यसकारण निरासा बढ्दो छ। यी सबै कुराहरुलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं।’
यद्यपि, अहिलेसम्म कसैसँग राजनीतिमा जाने विषयमा आफूले छलफल नचलाएको घिसिङको दाबी छ। ‘म पनि अब त सर्वसाधारण जनता भएको नाताले सबै किसिमका व्यक्ति, विज्ञ, नेतासँग छलफल गरि रहेको छु। हिजोको दिनमा जनताले जसरी माया, प्रेम र विश्वास दिनुभयो त्यहि नै मेरो उर्जा हो,’ उनले भने।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया