

मलेसियाविरुद्ध सानदार जित निकाल्दै नेपाल एसीसी पुरुष यू-१६ इस्ट जोन कपको फाइनलमा

नेपाल एसीसी पुरुष यू–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध सानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।
टस जितेर बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा अलआउट गरेको थियो । जितका लागि ९१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ११.४ ओभरमा ९२ रन बनाउँदै जित निकालेको हो ।
नेपालका लागि परिमार्जन यादवले नटआउट ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । अर्का ओपनर प्रसिद्ध जैसी २ रन बनाउँदै आउट हुँदा सिवांश बजगाईंले २२ बलमा ४ चौका हान्दै २३ रन जोडे ।
त्यसअघि मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको खेलमा नेपालको कसिलो बलिङका सामु मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भएको थियो । मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन जोडे । त्यस्तै कप्तान दियाज पात्रोले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले ४ विकेट लिँदा शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन दासले १/१ विकेट लिए । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया