



रुपन्देही– ३ बाट इतिहास रच्ने ढकालको उद्घोष, भन्छन्- ‘६२ हजार मतले सफा चट्’ !

चितवन २ मा रवि लामिछानेको ५४,१७६ र काठमाडौँमा बालेन शाहको ६१,७६७ मतको जितजस्तै अब रुपन्देही ३ बाट इतिहास रच्ने अवसर आएको युवा नेता सागर ढकालले बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत अपिल गर्दै ढकालले ६२,००० मतको लक्ष्यसहित ‘सफा चट्, क्लिन स्विप’ गर्ने आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘काँग्रेस एमाले माओवादी एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहसनहस हुने गरी तोड्नु पर्छ ।’
ढकालले रुपन्देही ३ लाई नयाँ राजनीतिक चेतनाको केन्द्रबिन्दु बनाउँदै २०८४ सम्म यी पुराना दललाई उठ्न नसक्ने गरी परास्त गर्नुपर्ने धारणा राखेका छन्। नारायणगढ–बुटवल सडक खण्डमा सरकारको निष्क्रियता र स्थानीय जनतामाथि भएको अन्यायलाई पनि उनले चुनावको मुद्दा बनाएका छन् ।
‘दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो।,’ ढकालले उल्लेख गरेका छन्।
ढकालले अघिल्लो चुनावमा जनताले नयाँ अनुहारलाई स्थापित गरिदिएजस्तै अब फेरि यो अवसर दोहोरिन लागेको भन्दै सम्पूर्ण मतदातालाई सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।
यस्तो छ ढकालको पोस्ट :
रुपन्देही ३ – नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। काँग्रेस एमाले माओवादी एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहसनहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो। जसरी गएको चुनावमा पुरै नयाँ अनुहारहरू स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ। रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट्।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया