

बजेटमा चौतर्फी आलोचनापछि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक १० दिनपछि आज बस्दै



लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनअन्तर्गत् चौधौं बैठक मंगलबार बस्दैछ। प्रदेशसभा सचिवालय सूचना जारी गर्दै मंगलबार दिउँसो तीन बजेका लागि छैठौं अधिवेशनको चौधौं बैठक बस्ने जनाएको हो।
मंगलबार बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्य सहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलका लागि सभामा पेस गर्ने छन्।
सभामा पेस भएपछि उक्त प्रस्तावमाथी छलफल सुरू हुने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्कीले दिने छन्।
त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक सभामा पेश गर्ने आजको बैठकको कार्यसुची रहेको प्रदेश सभाका सचिव दुर्लभ पुनले जानकारी दिएका छन्।
यसअघि असार ७ गते बस्ने भनिएको उक्त बैठक बजेटका बारेमा चौतर्फी आलोचना भएपछि संसदमा पनि विरोध हुनसक्ने भन्दै मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभा सचिवालयले अर्को सूचना नआउँदा सम्मलाई भन्दै बैठक स्थगित गरिएको थियो।
बजेटको विषयमा मुख्यमन्त्री, मन्त्रीहरू, सरकारमा रहेका दलका नेता तथा अन्य दलका नेताहरूसँग समेत छलफल गरि १० दिनपछि बैठक आह्वान गरिएको हो।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया