

विजयनगरमा सरसफाइ अभियानमा कडा कदम, नियम उल्लङ्घन गर्नेलाई गाउँपालिकाले तोक्यो जरिवाना


कपिलवस्तुको विजयनगर गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन कडा कदम चालेको छ । ‘सचेत नागरिक परिचयपत्र’ वितरणसँगै सरसफाइसम्बन्धी नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई गाउँपालिकाले ४ लाख ९६ हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ ।
गाउँपालिकाले सुरु गरेको पूर्ण सरसफाइ अभियानअन्तर्गत शौचालय प्रयोग नगर्ने, बाटो र खुला स्थानमा फोहोर फाल्ने, नाली थुन्ने, सडकमा चौपाया छाड्ने र सार्वजनिक स्थानमा फोहर गर्ने व्यक्तिहरू माथि निगरानी गरी कारबाही गरिएको हो । ‘हरेक घरधुरीमा सरसफाइप्रतिको जिम्मेवारी अभिवृद्धि गर्न ‘सचेत नागरिक परिचयपत्र’ वितरण गर्दै सात बुँदे प्रतिबद्धता गराइएको छ । हामी सरसफाइलाई व्यवहारमा उतार्न चाहन्छौँ । अघिल्ला वर्षमा अटेरी गर्नेलाई चेतावनी दिइएको थियो । यो वर्ष जरिवाना गर्नु पर्ने आवश्यक देखिएको छ । ” गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
सात बुँदे प्रतिबद्धतामा घरअगाडि सफा राख्ने, नाली खुला राख्ने, अनिवार्य शौचालय प्रयोग गर्ने, पशु चौपाया नियन्त्रणमा राख्ने, फोहोर व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सामाजिक सद्भाव कायम राख्ने विषयहरू समावेश छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सबै घरधुरीलाई सरसफाइको जिम्मेवारी दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताउनु भयो ।
खानेपानी तथा सरसफाइ शाखा प्रमुख अर्जुन बेल्बासेले प्रहरी, जनप्रतिनिधि र समाजसेवीहरू सम्मिलित टोलीले सातै वडामा सरसफाइ अनुगमन गर्दै २ हजारदेखि ५ हजार रुपैयाँसम्मको जरिवाना गरिरहेको जानकारी दिनु भयो । कार्यपालिका बैठकले असार मसान्त सम्म जरिमाना तिर्नेलाई आधा छुटको व्यवस्था गरेको बताइएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया