

इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तिमा ८ जनाको मृत्यु


इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमाफर्mत् मिसाइल आक्रमण गरेको छ ।
आत्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ । यसैगरी ताम्रामा कम्तिमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चार माध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् ।
इरानको परमाणु केन्द्रमा इजरायलको निशाना
इजरायलले भने इरानको फरमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आत्रमणबाट इरानको रक्षा मन्त्रालय र रक्षा मन्त्रालयसँग अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।
इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत् जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली फ्रसारण केन्द्रमा आक्रमण गरिएको छ ।
यसैगरी इरानले इजरायलका तीन त्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकासमै ध्वस्त पारेको जनाएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया