



संविधान पुर्नलेखनकाे माग गर्दै उपेन्द्र यादवले गरे जसपा कपिलवस्तुकाे अधिवेशन उद्घाटन


जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कपिलवस्तुमा आयोजित जसपा नेपाल जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घघाटन गर्नुभएको छ । उद्घघाटन कार्यक्रमको सुरुवातमा मधेश आन्दोलन लगायतका ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा पानसमा दीप प्रज्वलन गरी तस्बिरमा माल्यार्पण गरिएको थियो ।
अध्यक्ष यादवले उद्घघाटन समारोहमा सम्बोधन गर्दै नेपालको संविधान २०७२ त्रुटिपूर्ण रहेको बताउनुभयो । उहाँले संविधानले उल्लेख गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार कार्यान्वयन नभएको भन्दै त्यसलाई पुनर्लेखन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“आफैँले ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिए पनि यसको कार्यान्वयनमा ईमानदार प्रतिबद्धता देखिएको छैन,“ अध्यक्ष यादवले भन्नुभयो, “यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई बलियो बनाउने होइन, झन् कमजोर बनाउँछ । त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूल मर्म अनुसार पुनर्लेखन गर्नुपर्छ ।”
उहाँले नेपाली कांग्रेस र कम्युनिस्ट दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै भने, “प्रतिवद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन । भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता छ ।”
अधिवेशनको उद्घघाटन समारोहमा जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काप्ले, केन्द्रीय सदस्यहरू अब्दुल रसिद, सुदिप पौडेल, साधिका यादव तथा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवसहित अन्य नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले जसपा नेपालले हाल लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन विस्तारको अभियानलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, कपिलवस्तु जिल्ला कार्यसमितिको एकताको अधिवेशनले पार्टीभित्र समन्वय, एकता र दृढ नेतृत्व विकासमा योगदान पु¥याउनेछ ।
हाल अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भइरहेको छ । पार्टीभित्र सहमति र समन्वयको संस्कृति विकास गर्दै अघि बढ्ने उद्देश्यले अधिवेशनलाई महत्वपूर्ण अवसरको रूपमा लिइएको प्रदेश नेतृत्वले जनाएको छ ।
जसपा नेपालले देशको समृद्धि, समानता र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त संघीय संरचना, असल शासन प्रणाली र भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया