

शिक्षाको गुणस्तरमा लगानी बढाउँदै विजयनगर, यस्तो छ तयारी


विजयनगर गाउँपालिकामा शैक्षिक सुधारका लागि विद्यालय मर्ज गर्ने, सीपमूलक शिक्षा कार्यक्रम लागू गर्ने र टिनका छाना विस्थापन गर्ने अभियान अघि बढाइएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तु र गाउँपालिकाको समन्वयमा खडैचास्थित सभाहलमा आयोजित शैक्षिक कार्यक्रम, सार्वजनिक सुनुवाइ तथा वार्षिक बजेटमाथिको छलफल कार्यक्रममा यस्ता योजनाबारे जानकारी गराइएको हो।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यार्थीलाई विद्यालयसम्म पुर्याउने मात्र नभई टिकाइराख्ने र सिकाउने दायित्व सबैले वहन गर्नुपर्ने बताउनु भयो। उहांले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले विभिन्न तहमा लगानी गर्दै आएको र नैतिक शिक्षालाई व्यवहारमा उतार्ने प्रयास भइरहेको उल्लेख गर्नु भयो ।
थापाले ‘पढ्दै, कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक शिक्षा र आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै, उहांले तराई क्षेत्रका विद्यालयहरूमा प्रयोग भइरहेका टिनका छानाहरू शैक्षिक वातावरणका लागि अनुपयुक्त भएको भन्दै, ती हटाउने अभियान अघि बढाइएको जानकारी दिनु भयो।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले विद्यालय मर्ज गर्ने निर्णय शिक्षा मन्त्रालयको मार्गनिर्देशन अनुसार अघि बढाइने बताउनु भयो । उहांले समन्वय इकाइका गाइडलाइन पालना गर्दै शैक्षिक चुनौती समाधानमा पालिका प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो।
शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले शिक्षक दरबन्दी, भौतिक संरचना, शैक्षिक सामग्री, भवन निर्माण र खेलकुद लगायतका पक्षमा पालिकाले स्रोतअनुसार सहयोग गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षा समितिका पदाधिकारी, मदरसाका मौलानासहित सरोकारवाला सहभागी रहेको थियो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया