

‘गर्भपतन चक्की’का आविष्कारक वैज्ञानिक ‘एटिएन-एमिल बौलियु’को निधन


गर्भपतन चक्कीका आविष्कारकका रूपमा चिनिने फ्रेन्च वैज्ञानिक एटिएन-एमिल बौलियुको मृत्यु भएको छ। शुक्रबार पेरिसस्थित आफ्नै घरमा ९८ वर्षको उमेरमा निधन भएको उनको संस्थाले एक विज्ञप्तिमा जनाएको छ।
डाक्टर तथा अनुसन्धानकर्ता दुवैको रूपमा परिचित बौलियुले स्टेरोइड हर्मोनहरूमा अनुसान्धान गरेका थिए। जसले वैज्ञानिक, चिकित्सकीय र सामाजिक रूपमा ठूलो प्रभाव परेको थियो।
‘उहाँको अनुसन्धान विज्ञानले सम्भव बनाएको प्रगतिप्रति उहाँको आस्था, महिलाको स्वतन्त्रता प्रतिको समर्पण र सबैलाई राम्रो र लामो जीवन बाँच्न दिने चाहनाबाट प्रेरित थियो,’ बौलियु संस्थाले आफ्नो वेबसाइटमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ।
एटिएन ब्लमको रूपमा सन् १९२६ डिसेम्बर १२ मा फ्रान्सको स्ट्रासबर्गमा जन्मिएका बौलियुले १५ वर्षको उमेरमा नाजी अधीनस्थ फ्रान्सेली प्रतिरोध आन्दोलनमा सामेल हुँदा ‘एमिल बौलियु’ नाम अपनाएका थिए।
उनी इन्डोक्राइनोलोजिस्ट थिए, जसले सन् १९५५ मा चिकित्साशास्त्रमा र सन् १९६३ मा विज्ञानमा पीएचडी हासिल गरे। त्यसपछि सन् १९६३ मा उहाँले फ्रेन्च स्वास्थ्य तथा चिकित्सा अनुसन्धान संस्था अन्तर्गत हर्मोनमा आधारित अग्रगामी अनुसन्धान इकाई स्थापना गरे। सन् १९९७ सम्म उक्त इकाईका प्रमुख रहे।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया