
कपिलवस्तुमा बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडी चोकमा बेवारिसे संकास्पद अवस्थामा फेला परेको बम जस्तो एक कुकर नेपाली सेनाको टोलीद्वारा डिस्पोट गरिएको छ । नेपाली सेनाको शमशेर दल गण, गोरुसिंगेबाट आएको विशेष टोलीले सो कुकर डिस्पोट गरेको हो।
बम जस्तो देखिने उक्त वस्तु सार्वजनिक स्थलमा भेटिएपछि स्थानीयवासी त्रसित बनेका थिए। शंकास्पद वस्तु बम थियो वा थिएन भन्ने स्पष्ट विवरण आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ । तर, सेनाले सुरक्षित तरिकाले डिस्पोट गरेपछि सम्भावित क्षति टरेको जनाइएको छ।
स्थानीय स्तरमा डर त्रास फैलाउन यस किसिमको गतिविधि भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए । ‘घटनाबारे सुक्ष्म अनुसन्धान शुरू गरिएको छ, कसको संलग्नतामा यस्तो गतिविधी भई रहेको छिट्टै खुल्नेछ’, प्रजिअ तामाङले भने ।
प्रेसर कुकरमा, दलालहरू जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौं भने तिमिहरूको घरमा यो बम पड्काउने चेतावनी लेखिएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया