



लुम्बिनी प्रदेश सरकार र सात पालिकाबीच नवप्रवर्तन सम्झौता


लुम्बिनी प्रदेश सरकार र प्रदेका सात स्थानीय तहबीच नवप्रवर्तन सम्बन्धी सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार विभिन्न जिल्लाका सात वटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता गरिएको हो ।
सम्झौता अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी : कृषिको रुपान्तरणमा हामी सबैको साझेदारी कार्यक्रम सञ्चालन हुनेछ ।
पाल्पाको तानसेन नगरपालिकामा तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम’, रुपन्देहीको मायादेवी गाउँपालिकामा ‘स्मार्ट मायादेवी’, प्युठानको सरुमारानी गाउँपालिकामा ‘डिजिटल विद्यालय कार्यक्रम’, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा ‘पर्यटन होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम’, गुल्मीको छत्रकोट गाउँपालिकामा ‘सूचना प्रविधिमैत्री शिक्षा’ र रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा ‘विद्युतीय सुशासनका लागि ई सिफारिस सर्भिस सेन्टर’ कार्यक्रम सञ्चालन गरिनेछ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरण र प्रदेशलाई आत्मनिर्भर तथा सक्षम बनाउने उद्देश्यले नवप्रवर्तन योजना लागू गरिएको बताए ।
मुख्यमन्त्री आचार्यले नागरिकको जीवनस्तर उकास्न नवप्रवर्तन कार्यक्रम प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्दै कृषिमा रुपान्तरण, उद्यमशीलता र पर्यटन प्रवर्द्धन, सूचना प्रविधिको अधिकतम उपयोग, विद्यालय शिक्षाको गुणस्तर सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन ई(सिफारिस सेवा जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताए ।
प्रदेश र स्थानीय तहबीचको यो साझेदारीले नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्याउन सक्ने भन्दै उनले परिणाममुखी कार्यान्वयनमा जोड दिए ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया