

हेलिकप्टरबाट नेपालगञ्ज ल्याइयो बाजुरा जिप दुर्घटनाका घाइतेलाई



बाजुरा जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । दुर्घटनामा घाइते भएका बुढीनन्दा नगरपालिका–२ का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार हुनेछ । घाइतेको उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बाजुरा पुगेको हो । जगन्नाथ गाउँपालिका–२, काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, जिप चालक करनसिंह महतरा र जिपमा सवार टेलिकमकै कर्मचारी बडीमालिका नगरपालिका–७ का रविन्द्र धामीको मृत्यु भएको थियो । खड्कासहितको टोली जगन्नाथस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्न गइरहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया