
संसद बैठक : गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध

काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोपमाथि निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सांसदहरूले अवरोध सिर्जना गरेका हुन्।
संसद अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित गरेका छन्।
त्यसअघि नेकपा (माओवादी केन्द्र) का सांसद बर्षामान पुनले गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरे। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले गृह प्रशासनको नाकमुनि अवैध र्याकेट चलेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया