

यस्तो छ तपाईँको आज



आज २०८२ जेठ ११ गते आइतवार, तद्अनुसार २५ मे २०२५ । आज जेठ कृष्ण पक्ष त्रयोदशी, सौभाग्य गर अश्विनी, सिथि चःह्रे पूजा, सूर्योदय बिहानः ०५ः१० बजे, सूर्यास्त साँझः १८ः५१ बजे ।
आजको राशिफल
मेष राशि
आज दौडधुप धेरै हुनेछ । बोलीमा नरम शब्द प्रयोग गर्नु होला । मेहनत धेरै गर्नु परे पनि आम्दानी कम हुन सक्छ । बहुमूल्य वस्तुहरू सुरक्षित राख्नु होला । व्यवसाय सामान्य रुपमा चल्नेछ, आम्दानी भने निरन्तर हुनेछ ।
शुभ रंगः बैजनी, शुभ अंकः १
वृष राशि
आज सम्मान प्राप्त हुनेछ । मेहनत अनुसारको फल पाउनु हुनेछ । व्यापारमा वृद्धि हुने सम्भावना छ । लगानी शुभ रहने छ । जागिरमा अधिकारीहरू प्रसन्न रहने छन् ।
शुभ रंगः गुलावी, शुभ अंकः ६
मिथुन राशि
पुराना साथीहरूसँग भेटघाट हुनेछ । उत्साहजनक खबर प्राप्त हुनेछ । अनावश्यक खर्च बढ्न सक्छ । आत्म९सम्मान यथावत् रहने छ । व्यापारबाट फाइदा हुनेछ ।
शुभ रंगः आकाशे, शुभ अंकः ५
कर्कट राशि
बेरोजगारी अन्त्य गर्ने प्रयास सफल हुनेछ । उपहार पाउने तथा भेटवार्ताको सम्भावना छ । व्यापारिक यात्रा सफल हुनेछ । सेयर बजार तथा म्युचुअल फन्डबाट लाभ हुने सम्भावना छ । ठूलो काम सम्पन्न हुँदा मन खुशी रहने छ ।
शुभ रंगः गुलावी, शुभ अंकः १
सिंह राशि
दुष्ट व्यक्तिहरूसँग सतर्क रहनु आवश्यक छ। अनावश्यक खर्च नियन्त्रण बाहिर जान सक्छ । ठट्टा गर्दा पनि मर्यादामा रहनु होला । आफ्नो काममा मात्र केन्द्रित गर्नु होला । फाइदाका अवसर प्राप्त हुनेछन् ।
शुभ रंगः पहेँलो, शुभ अंकः ३
कन्या राशि
आजको यात्रा लाभदायक हुनेछ । डुबेको रकम फिर्ता आउने छ । व्यापारबाट मनग्य लाभ हुनेछ । जागिरमा प्रशंसा पाइने छ । हतारमा गरेका काम विफल हुन सक्छन्, सतर्क रहनुहोस् ।
शुभ रंगः पहेँलो, शुभ अंकः ५
तुला राशि
सामाजिक कार्यमा मन लाग्ने छ । योजना सफल हुनेछ । कार्यस्थलमा परिवर्तन आउन सक्छ । व्यापारबाट मनोअनुकूल लाभ हुनेछ । जागिरमा अधिकार वृद्धि हुने सम्भावना छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ७
वृश्चिक राशि
चोटपटक अथवा रोगको समस्या आउन सक्छ । प्रेम सम्बन्ध अनुकूल रहने छ । धार्मिक कार्य तथा सत्संगमा मन लाग्ने छ । सरकारी कामका बाधा हट्ने छन् र लाभदायक स्थिति बनाउने छ । मन प्रफुल्ल रहने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ८
धनु राशि
चोटपटक अथवा दुर्घटनाको जोखिम छ । पुरानो रोग फेरि देखापर्न सक्छ । बोलीमा नरम भाषा प्रयोग गर्नु होला । कसैसँग विवाद हुन सक्छ । आत्म सम्मानमा चोट पुग्न सक्छ । दौडधुप धेरै हुनेछ ।
शुभ रंगः सेतो, शुभ अंकः २
मकर राशि
आजको बाहिरी यात्रा लाभदायक हुनेछ । सरकारी सहयोग प्राप्त हुनेछ । सरकारी काम सजिलै पूरा हुनेछन् । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख शान्ति रहने छ ।
शुभ रंगः बदामी, शुभ अंकः २
कुम्भ राशि
ऐश्वर्य सम्बन्धी कुरामा खर्च हुनेछ । जागिरमा कामको प्रशंसा पाइने छ । कर्मचारीहरूको सहयोग प्राप्त हुनेछ । स्थायी सम्पत्तिमा लगानीबाट लाभ मिल्ने छ । भाग्य वृद्धि हुने सम्भावना छ ।
शुभ रंगः केशरी, शुभ अंकः ८
मीन राशि
पार्टी वा पिकनिकको योजना बन्ने छ । रमाइलो र आनन्दका साथ समय बित्ने छ । मनपर्ने खाना खान पाइने छ । रचनात्मक कार्य सफल रहने छन् । व्यापार लाभदायक हुनेछ । जागिरमा प्रभाव बढ्ने छ ।
शुभ रंगः केशरी, शुभ अंकः २


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया