

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै



दाङ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभाको छैठौं अधिवेसनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख घर्ती मगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको छ । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको हो।
सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ति योजनाहरुलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन बृद्धि गर्ने, अर्गानिक खेति प्रणालीको विकास गर्ने लगायतका बिषयहरुलाई प्राथमिकतामा राखेको जनाइएको छ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया