

लुम्बिनी प्रदेशले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदै



कपिलवस्तु | लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार, नीति तथा कार्यक्रम यही सोमबार प्रदेश सभामा प्रस्तुत गरिनेछ। यसका लागि प्रदेश प्रमुखसमक्ष आवश्यक अनुरोध गरिएको छ।
बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ। साथै, लुम्बिनी प्राज्ञ प्रतिष्ठानको स्थापना तथा सञ्चालनसम्बन्धी कानुनी आधार तयार गर्न बनेको अर्को विधेयकलाई पनि सभामा पेश गर्ने स्वीकृति प्रदान गरिएको छ।
सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमले प्रदेशको सामाजिक, आर्थिक र संस्थागत विकासका महत्वपूर्ण विषय समेट्ने अपेक्षा गरिएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया