

लुम्बिनी प्रदेशले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदै



कपिलवस्तु | लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार, नीति तथा कार्यक्रम यही सोमबार प्रदेश सभामा प्रस्तुत गरिनेछ। यसका लागि प्रदेश प्रमुखसमक्ष आवश्यक अनुरोध गरिएको छ।
बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ। साथै, लुम्बिनी प्राज्ञ प्रतिष्ठानको स्थापना तथा सञ्चालनसम्बन्धी कानुनी आधार तयार गर्न बनेको अर्को विधेयकलाई पनि सभामा पेश गर्ने स्वीकृति प्रदान गरिएको छ।
सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमले प्रदेशको सामाजिक, आर्थिक र संस्थागत विकासका महत्वपूर्ण विषय समेट्ने अपेक्षा गरिएको छ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया