

फलफुल वितरण गरेर कपिलवस्तु जेसिजले मनायो २५६९ औं बुद्ध जयन्ति



सेवाही परमोधर्म´ भन्ने मान्यताका साथ अगाडी बढेको कपिलवस्तु जेसिजले बिरामिहरुका लागि फलफुल वितरण गरेको छ । २५६९ औं बुद्ध जयन्तिको अवसर पारेर जेसिजले निशुल्क भवन उपलब्ध गराई संचालन भएको डाइलोसिस सेन्टर बैरियामा रहेका बिरामिहरुलाई फलफूल वितरण गरेको हो ।
आज एक कार्यक्रमका बिच कपिलवस्तु जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि जनक बेल्बासेले संस्थागत सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बिरामिहरुको मनोबल उच्च बनाउनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा कपिलवस्तु जेसिज वर्ष २०२५ का बोर्ड सदस्यहरुको उपस्थिति रहेको थियो ।
भगवान् गौतम बुद्धले २९ वर्ष तपस्या गरि बिताएको दरबार कपिलवस्तुको तिलौराकोटमा रहेको र बुद्ध सङग जोडीएका अन्य धेरै स्थानहरु समेत यश जिल्लामा रहेकोले कपिलवस्तु आफैमा पवित्र स्थानको रूपमा मानिन्छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया