

प्युठानमा स्थापना गरियो प्रदेशकै अग्लो ‘शिव मूर्ति’


तस्बिरः सलिम मियाँ
प्यूठानको गौमुखी गाउँपालिका –१, अर्खा पीपल डाँडामा लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति स्थापना गरिएको छ । ३६ फिट अग्लो र १२ मिटर चौडाइको यो मूर्ति करिब २ टन तौलको ढुङ्गाबाट निर्माण गरिएको हो ।
शिव मूर्तिको उदघाटन लुम्बिनी प्रदेश सरकारको सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले गर्नुभएको हो । श्री तामेश्वर महादेव शिवालय पर्यटन विकास समितिको पहलमा निर्मित मूर्तिको लागत ३६ लाख ४७ हजार ४९ रुपियाँ रहेको समितिका अध्यक्ष तेजु गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गौमुखी क्षेत्रमा यो मूर्ति स्थापनाले प्रदेशको धार्मिक पर्यटन प्रवर्धनमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । गौमुखी क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ” उहाँले भन्नुभयो, “शिवको ३६ फिट अग्लो मूर्ति स्थापनाले धार्मिक पर्यटक बढाउने अपेक्षामा छौं ।”
समितिका कोषाध्यक्ष बेले गिरीले मूर्ति कास्की, पोखराबाट ल्याएर अर्खामा स्थापना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा मूर्ति निर्माणमा एक लाख रुपियाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई पञ्चेबाजासहित सम्मान गरिएको थियो ।
गोरखापत्र अनलाइनबाट ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया