

सामुदायिक अस्पताल बन्द : राष्ट्रिय जनमोर्चाले जनायो कडा आपत्ती


जीतपुर | कपिलवस्तु सामुदायिक अस्पतालको सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएकोप्रति राष्ट्रिय जनमोर्चा, कपिलवस्तुले गम्भीर आपत्ति जनाएको छ।
एक प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाले अस्पताल सेवा अवरुद्ध हुनुमा अस्पताल व्यवस्थापन समितिको अदूरदर्शिता र व्यवस्थापनको कमजोरी मुख्य कारण रहेको उल्लेख गरेको छ। पार्टीका अध्यक्ष सहितको प्रतिनिधिमण्डलले सोमवार अस्पताल व्यवस्थापन समिति अध्यक्ष शिवचन्द्र आचार्य, महासचिव दिनेश क्षेत्री तथा अस्पतालका कर्मचारीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।
जनमोर्चाले ३२०० भन्दा बढी सहयोगदाताको योगदानमा स्थापना भएको यस अस्पताललाई बिना कुनै पूर्व सूचना बन्द गर्नु आम नागरिकको स्वास्थ्यसँग खेलवाड भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा अस्पतालको आकस्मिक बन्दलाई आर्थिक अनियमितता र कर्मचारी व्यवस्थापनको असक्षमतासँग जोड्दै यसलाई गम्भीर लापरवाहीको संज्ञा दिइएको छ।
त्यस्तै, अस्पतालमा लामो समयदेखि सेवा दिँदै आएका कर्मचारीहरूलाई बिना सूचना सामूहिक रूपमा अवकाश दिन खोज्नु पनि गम्भीर त्रुटि भएको जनमोर्चाको आरोप छ। राष्ट्रिय जनमोर्चा, कपिलवस्तु जिल्ला समितिले समस्याको तत्काल समाधान गरी अस्पताल सेवा छिटो पुनः सञ्चालन गर्न माग गरेको छ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया