

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो



आज सुनको भाउ एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही वैशाख ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाब हुँदै आएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय १० रुपैया कायम भएको थियो ।


खबर सबै
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण







प्रतिक्रिया