

नीलगाई मारेको आरोपमा गोलीसहित एक सिकारी पक्राउ



कपिलवस्तु | कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित एक जना सिकारी पक्राउ परेका छन् ।
आइतबार मध्यरातमा स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीको टोलीले प्रहरीले शिवराज नगरपालिका वडा नम्बर २ हरौहवाका ५२ वर्षीय फरहान खाँनलाई गोली सहित पक्राउ गरेको हो ।
सकारले निलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । सिकारीहरूको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ उखुबारीमा पुगेका थिए । खानको झोलाबाट प्रहरीले ६ थान गोली, ४ थान खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ ।
प्रहरीले मरेको नीलगाई, सिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ । सिकारीले २ भाले जातको नीलगाई सिकार गरेका थिए ।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया