
कपिलवस्तुमा एसइईको उत्तर पुस्तिकाको जाँच सुरु

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमतिपछि उच्च माध्यमिक परीक्षा (एसइई)को उत्तर पुस्तिकाको जाँच कपिलवस्तुमा बिहीबारबाट सुरु भएको छ।
शिक्षकहरूको तीन साता लामो आन्दोलनका कारण एसइईको उत्तर पुस्तिका शिक्षा विकास तथा समन्वय इकाईमा थन्किएको थियो। इकाईका प्रमुख लोकराज मरासिनीले सरकार र शिक्षकहरूबीच सहमति लगत्तै एसइईको उत्तर पुस्तिकाको जाँच सुरु भएको बताए।
कक्षा १० मा पढाउने र परीक्षाको अभिमुखीकरण लिएका शिक्षकहरूले बिहीबार दिउँसोदेखि उत्तर पुस्तिका जाँच सुरु गरेको उनले बताए। बिहीबार ४० भन्दा बढी शिक्षकहरू जाँचमा सहभागी छन्। यस वर्ष कपिलवस्तुमा चार हजार ५ सय उत्तर पुस्तिका जाँचका लागि आएको छ। यो सङ्ख्या गत वर्षभन्दा आधा कम हो।
यही वैशाखभित्रै सकिने गरी जाँच कार्यलाई अघि बढाइएको उनले बताए। बिहान ५ देखि साँझ ७ बजेसम्म उत्तर पुस्तिका जाँच कार्य रहने छ। जाँचका लागि इकाईको एउटा कोठा र बुद्धपद उमाबिको श्रोत केन्द्रको कोठाहरू प्रयोग गरिएको छ।
सरकारले असार ७ गतेभित्र एसइईको परिणाम सार्वजनिक गर्ने मिति नै तोकेको छ। चैत ७ देखि एसइईको परीक्षा सुरु भइ दोश्रो साता सकिएको थियो।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया