

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो



भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुलेको छ । यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन् ।
भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता भएको भारतीय प्रहरीले बताएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
केदारनाथ धामको ढोकाका रुपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
बाबा केदारनाथको मूर्ति हिजो केदारनाथ धाममा आइपुगेपछि आज बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्ला गरिएको हो ।
यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा शुरू भएको छ ।
दैनिक २० देखि ३० उडान सञ्चालन गर्ने भन्दै यसबाट १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिने तयारी छ ।
दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको खबरमा उल्लेख छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया