
शिक्षकहरूको आन्दोलन : प्रदर्शनलाई आज पनि निरन्तरता दिने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको अध्यक्ष सुवेदीले बताए ।
ुप्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो । त्यसपछि राती ११ः३० बजे सभामुख देवराज घिमिरेसँग भेट भयो । वहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे छलफल भयोु, सुवेदीले भनेका छन् ।
हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने पनि सुवेदीले बताएका छन् । उनले सदा झैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।
ुहामी एक दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेट बारे सबै कुरा साथीहरू बिच राखिने नै छ । परिस्थितिको समग्र मूल्याङ्कनका लागि तहगत छलफलहरू गरिनेछु, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भने –ुहामीले हिजोका दिनमा जे जे पाएका हौँ आन्दोलनको बलमा नै पाएका हौँ । अब पनि जे पाउने छौँ, त्यो आन्दोलनकै बलमा पाउनै छौँ । यो सत्यलाई हृदयङ्गम गरौँ ।ु
मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहन उनले शिक्षकहरूलाई आग्रह समेत गरेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया