



मुक्ति समाज नगर कमिटी बुद्धभुमिमा पुनः परियार

मुक्ति समाज नगर कमिटी बुद्धभुमिमा पुनः परियार
रामबहादुर गन्धर्व । नेपाल उत्पीडित जातीय मुक्ति समाज बुद्धभुमि नगर कमिटीको दाेस्राे अधिवेशन सम्पन्न भएको छ। बिहिवार कपिलवस्तु जिल्लाकाे बुद्धभुमि नगरपालिका अन्तर्गत बुड्डिमा जातीय छुवाछूत अन्त्य गरौ उत्पीडित जाती एक हौ भन्ने मुल नाराका साथ आयोजना गरिएको अधिवेशनले पुनः जनक परियारकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
जसकाे उपाध्यक्षमा सुन्दरी बि.क. ,सुकबहादुर बि.क. सचिवमा बसन्ता बिक. उपसचिवमा रामबहादुर दर्जि उप सचिव रूपा सुनार ,काेषाध्यक्षमा अस्मिता सुनार रहेका छन् भने सदस्यहरूमा सीता नेपाली ,राधिका दर्जि राेमबहादुर बि.क.,टाेम बहादुर बि क.,बिना बि.क.,इन्द्र बि.क. सुस्मिता परियार ,सुस्मा नेपाली लगायत रहेका छन् । कार्यक्रमकाे केन्द्रीय थाइ कमिटी सदस्य ,नेकपा एमालेका जिल्ला सचिव सि.बि गहतराजले उदघाटन गरे ।
साेही अवसरमा बाेल्दै मुक्ति विभिन्न जन आन्दोलनमा दलित समुदायको महत्त्वपूर्ण याेगदान रहेको जिकिर गर्दै जातीय विभेद अन्त्य गर्न सबै संगठित हुनुपर्नेमा जाेड दिए । कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य शारदा शर्मा ,लालबहादुर सुनार मुक्ति समाजका प्रदेश सदस्य रामबहादुर गन्धर्व एमाले जिल्ला सदस्य रामप्रकट काेरी बुद्धभुमि नगर नगर इन्चार्ज ध्रुव न्यौपाने लगायतले बाेल्दै दलित सम्बन्धि कानुन बनेता पनि कार्यान्वयन नहुँदा अहिले पनि समाजमा अपमान खेप्नु परेको औलाउदै पहिचानसहित कानुनलाई कार्यान्वयन गराउन सबै संगठित हुन आवश्यक रहेको बताउदै नव निर्वाचित पदाधिकारीहरूलाई सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रम जनक परियारकाे अध्यक्षता ,सुन्दरी बिक. काे स्वागत र बसन्ता बि क.काे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया