
प्रचण्ड आज दिनभर भैरहवामा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रूपन्देहीमा हुने कार्यक्रममा सहभागी हुँदैछन्।
माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ नै रूपन्देही पुगेका हुन्।
उनी बिहान साढे ५ देखि साढे ८ बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन्।
बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाईसीएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने कार्यक्रम पार्टीका रूपन्देही संयोजक नारायण जिसीले बताए। मध्याह्न १२ बजे शहीद परिवारसँग भेटघाट र भोजन गर्ने कार्यक्रम तय भएको छ।
दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभामासम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो ४ बजे जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया