
विविध कार्यक्रमसहित सकियो शुद्धोदन माविको स्वर्ण महोत्सव

कपिलवस्तु | कपिलवस्तुको शुद्धोदन जनजीवन माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । विद्यालयको स्थापनाको ५० औं वर्ष पुरा भएको अवसरमा चैत्र २७, २८ र २९ गते तीन दिन विविध कार्यक्रम गरी विद्यालयले स्वर्ण महोत्सव मनाएको हो
स्वर्ण महोत्सव नेपाल सरकारका भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री बलाराम अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो भने समापन राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।
स्वर्णिम इतिहासको सम्मान उज्ज्वल भविष्यको संकल्प भन्ने नाराका साथ आयोजना गरीएको स्वर्ण महोत्सवमा विभिन्न वेषभुषा, भाषा, संस्कृति झल्किने झाँकी तथा कलशयात्रा गरिएको थियो भने विद्यालयले विद्यालयको स्मारिका विमोचन गरेको छ । यस्तै विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. नन्दबहादुर कुँवरको सम्झनामा उनका परिवारले विद्यालयमा निर्माण गरेको स्वर्ण स्तम्भको अनावरण समेत गरिएको छ । यस्तै रक्दतान, नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता, वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको छ ।
स्वर्ण महोत्सवको समापन कार्यक्रममा विद्यालयका पुर्व शिक्षकहरुलाई सम्मान गरिएको छ भने संस्थापक विद्यार्थी, जग्गादाता, चन्दा दाता, अक्ष्यकोष दाता, विद्यालयका शिक्षक तथा कार्मचारी, स्वर्ण महोत्सवममा आर्थिक सहयोग गरेका सहयोगदाता, आमा समुह, स्वास्थ्य स्वयमसेवीका लगाएतलाई कदर पत्र, सम्मानपत्र तथा मायाको चिनो सहित सम्मान समेत गरिएको थियो ।
स्वर्ण महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । विद्यालयले आफ्नो स्थापनाको एक स्वणिम युग पुरा गरेको अवसरमा कार्यक्रममा उपस्थित अतिथिहरुले विद्यालयको थप प्रगतिको कामना गरेका छन् भने विभिन्न शिर्षकका अक्षयकोषको समेत स्थापना गरिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया