

आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार (चैत २१) विज्ञप्ति जारी गर्दै छलफलमार्फत साझा धारणा बनाउन सकिने जनाएको छ ।
“शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्मण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै शिक्षकहरूले बुधबार (चैत २०)देखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेका छन् । विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलक्रममा छ । तर, संसद्को हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरियो । अर्को अधिवेशन (संसद् बैठक) आह्वान गरिएको छैन ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया