

बलात्कार मुद्धामा फरार व्यत्तिफ २२ वर्षपछि पक्राउ



बर्दिया | बलात्कार मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बर्दिया प्रहरीले २२ वर्ष पछि पक्राउ गरेको छ।
बलात्कार मुद्दाको फैसला पछि फरार रहँदै आएका बढैयाताल गाउँपालिका–१ जमुनीका ४१ वर्षीय कुलबहादुर सुनारलाई प्रहरीले २२ वर्ष १० महिना १९ दिन पछि पक्राउ गरेको हो।
जिल्ला अदालत बर्दियाले २०५९/०१/२९ गते हाडनाता करणी मुद्दामा सुनारलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो। त्यसयता सुनार फरारको सूचीमा थिए।
सुनार बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरबाट मंगलबार पक्राउ परेका थिए।
पक्राउ पछि सुनारलाई अदालत पेश गरिएको र अदालतको आदेशले तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराज घर्ती मगरले बताए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया