

बलात्कार मुद्धामा फरार व्यत्तिफ २२ वर्षपछि पक्राउ



बर्दिया | बलात्कार मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बर्दिया प्रहरीले २२ वर्ष पछि पक्राउ गरेको छ।
बलात्कार मुद्दाको फैसला पछि फरार रहँदै आएका बढैयाताल गाउँपालिका–१ जमुनीका ४१ वर्षीय कुलबहादुर सुनारलाई प्रहरीले २२ वर्ष १० महिना १९ दिन पछि पक्राउ गरेको हो।
जिल्ला अदालत बर्दियाले २०५९/०१/२९ गते हाडनाता करणी मुद्दामा सुनारलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो। त्यसयता सुनार फरारको सूचीमा थिए।
सुनार बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरबाट मंगलबार पक्राउ परेका थिए।
पक्राउ पछि सुनारलाई अदालत पेश गरिएको र अदालतको आदेशले तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराज घर्ती मगरले बताए।


खबर सबै
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन











प्रतिक्रिया