
गाेरखा पुगेर पुर्व राजा शाह भन्छन्, “कसैले डराउन पर्दैन, देशमा शान्ति चाहिएको छ”

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चना गरेका छन् । गोरखकाली मन्दिरमा पूजा अर्चना गरेपछि पूर्वराजा शाहलेसञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले देशमा शान्ति चाहिएको बताएका छन् ।
उनले भने, “कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । कसैले केही गर्नलाई डराउन पर्दैन । देशको शान्ति कायमै होस् । देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् ।” पूर्वराजा शाहले लामो समयपछि आफ्नो पूर्खाको थलो गोरखा आउँदा खुसी लागेको बताउँदै नेपाली जनतालाई सुख र समृद्धिको कामना गरेका छन् ।
पूर्वराजा शाहले आजै मनकामना मन्दिरको पनि दर्शन गर्दै छन् । गोरखा दरबारमा पूर्वराजालाई त्यहाँका स्थानीयले भब्य स्वागत गरेका थिए । उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया