

राष्ट्रिय युवा संघ कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न


बाणगंगा, ०६ चैत्र – राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तुको दोस्रो पूर्ण बैठक बुधबार बुद्धभूमि नगरपालिका, बडहरामा सम्पन्न भएको छ। बैठकले संगठनलाई थप सशक्त बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकका प्रमुख निर्णयहरू:
चार पालिकामा अधिवेशन
– चैत्र महिनाको अन्त्यसम्म चारवटा पालिकामा अधिवेशन सम्पन्न गर्ने निर्णय।
जिम्मेवारी हेरफेर
– संगठनलाई प्रभावकारी बनाउन पदाधिकारीहरूको जिम्मेवारी पुनः संरचना।
- क्षेत्र नं. १ : पवनराज पाण्डे (इन्चार्ज)
- क्षेत्र नं. २ : तिलक गिरि (इन्चार्ज)
- क्षेत्र नं. ३ : मदन सापकोटा (इन्चार्ज)
स्ववियु निर्वाचनमा सक्रिय भूमिका खेलेका सदस्यहरूलाई धन्यवाद
– हालै सम्पन्न स्ववियु निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई विशेष धन्यवाद।
बैठकको प्रमुख आतिथ्यता
– प्रमुख अतिथि: जिल्ला कमिटी इन्चार्ज तेजेन्द्र बहादुर पाण्डे
– विशिष्ट अतिथि: बुद्धभूमि नगर कमिटी अध्यक्ष धुर्व न्यौपाने
– अध्यक्षता: राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तु अध्यक्ष तिलक गिरि
– सञ्चालन: राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तु सचिव पवनराज पाण्डे
बैठकले संगठनलाई अझ मजबुत बनाउन तथा युवाहरूलाई सक्रिय नेतृत्व प्रदान गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।



खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया