
सशस्त्र प्रहरी कृष्णनगरद्वारा १५ लाख बराबरको अवैध चुरोट बरामद

अजय मिश्र : सशस्त्र प्रहरी बल, कृष्णनगरको टोलीले भारतबाट भन्सार छली नेपाल ल्याइएको करिब १५ लाख रुपैयाँ बराबरको अवैध चुरोट बरामद गरेको छ।
सूचना पाएपछि सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा लु २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको हो।
हजारौँ प्याकेट चुरोट बरामद
सशस्त्र प्रहरी टोलीले बरामद गरेको चुरोटमा—
✅ रिचमण्ड— ३,००० प्याकेट
✅ म्यानचेस्टर— १,००० प्याकेट
✅ एल एण्ड बी— १,००० प्याकेट
कृष्णनगरबाट काठमाडौंका लागि छुटेको पश्चिमाञ्चल यातायातको बसमा तस्करीको मालसामान लैजाने गरिएको खुलासा भएको छ। प्रहरीका अनुसार कपडा, चिनी, गाडीका पार्ट्स लगायतका सामान ड्राइभर र सहचालककै मिलेमतोमा ल्याइने गरेको छ।
सशस्त्र प्रहरीले चुरोट भेटेपछि सोधपुछ गर्दा बसका चालक र सहचालकले चुरोटबारे आफूहरू अनभिज्ञ रहेको दाबी गरेका छन्। यद्यपि, प्रहरी अनुसन्धानका क्रममा कृष्णनगरबाट भारतको बढनी बजारबाट ल्याइएका सामान काठमाडौं पुर्याइने गरेको पत्ता लागेको छ।
बरामद गरिएको अवैध चुरोट आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया