आज २०८१ चैत ४ गते सोमवार,यस्तो छ तपाईँको आज

आज २०८१ चैत ४ गते सोमवार, तद्अुसार १७ मार्च २०२५ । आज चैत कृष्ण तृतिया, ध्रुव वणिज चित्रा, सूर्योदय बिहानः ०६ः१० बजे, सूर्यास्त साँझः १८ः१३ बजे ।

आजको राशिफल

मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो

टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरूको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । जोखिम उठाउने साहस प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ । लगानी शुभ रहने छ ।

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

कुनै रमाइलो उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । मनपर्ने भोजनको आनन्द उठाउन पाइने छ । व्यापारमा वृद्धि हुनेछ । तीर्थयात्राको योजना बन्न सक्छ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

खर्चमा वृद्धि हुँदा तनाव बढ्ने छ । बजेट बिग्रन सक्छ । कुनै महत्वपूर्ण निर्णय गर्दा हतार नगर्नु होला । व्यापारमा विशेष ध्यान दिनु आवश्यक छ । जोखिम नलिनु होला ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो

कष्ट, भय, चिन्ता तथा तनावको वातावरण बन्न सक्छ । जीवनसाथीप्रति विशेष कृपा देखाउनु हुनेछ । लाभमा वृद्धि हुनेछ । पारिवारिक सुख तथा सन्तुष्टि मिल्ने छ । लगानी शुभ रहने छ ।

सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे

उन्नतिको अवसर प्राप्त हुनेछ । भूमि तथा भवन सम्बन्धी अवरोध हट्ने छ । आम्दानीमा वृद्धि हुनेछ । साथीहरूसँग घुमफिरको योजना बन्न सक्छ । रोजगारी प्राप्त हुने सम्भावना छ ।

कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

यात्रा सफल रहने छ । शारीरिक अस्वस्थता हुन सक्छ । नयाँ योजनाहरू बन्ने छन् । अरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । लामो समयदेखि रोकिएको काम बन्न सक्छ ।

तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते

अचानक खर्च बढ्ने छ । ऋण लिनुपर्ने स्थिति बन्न सक्छ । पुरानो रोगले समस्या दिन सक्छ । अपेक्षित काममा ढिलो हुन सक्छ । प्रेम सम्बन्धमा हतार नगर्नु होला । प्रतिस्पर्धा बढ्ने छ ।

वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू

सरकारी कामकाजमा अवरोध आउन सक्छ । हतारमा कुनै गलत निर्णय नगर्नु होला । विवादबाट बच्नु होला । लामो समयदेखि रोकिएको पैसा प्राप्त हुन सक्छ, प्रयास गर्नु होला । यात्रा लाभदायक रहने छ ।

धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

अरूको कुरामा विश्वास नगर्नु होला । रोजगारी प्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । नयाँ लुगा तथा गहना किन्न खर्च हुनेछ । अचानक लाभ हुने सम्भावना छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापारमा वृद्धि हुनेछ ।

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी

परिवारका आवश्यकताहरू पूरा गर्न दौडधूप तथा खर्च बढ्ने छ । अरूका झगडामा नपर्नु होला । कामको गति ढिलो हुनेछ । चिन्ता तथा तनाव बढ्ने छ । लगानीको समय होइन ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा

जोखिम तथा जमानतपूर्ण कार्यहरू नगर्नु होला । शारीरिक अस्वस्थता हुन सक्छ । व्यापार सुस्त रहने छ । परिवारमा मनमुटाव हुन सक्छ । विलासिताका सामानमा सोच विचार गरेरमात्र खर्च गर्नु होला । आम्दानी निरन्तर
भैरहने छ ।

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

अपरिचितको कुरामा नफस्नुहोला । थोरै प्रयासमै काम सफल हुनेछ । साथीहरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । लाभका अवसरहरू प्राप्त हुनेछन् ।

प्रतिक्रिया