लायन्स कपिलवस्तुको होली मिलनमा उत्सवको रंग, “रङ जस्तै सम्बन्ध पनि गाढा बनाऔं” : प्रमुख अतिथि भट्टराई

रङ र उमंगको माहोल, आपसी मेलमिलाप र मित्रताको सन्देश ! लायन्स क्लव अफ कपिलवस्तुले होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । पाल्पाको तानेसन नगरपालिका स्थित सित्तल फार्ममा आयोजित विशेष कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले थप रौनकता कार्यक्रममा प्रदान गरेको थियो ।

लायन्स डिस्ट्रिक ३२५ पि का प्रथम गर्भनर बलाराम भट्टराई प्रमुख अतिथियता कार्यक्रमा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथितिले भने “रङहरू जीवनका विभिन्न आयामको प्रतीक हुन् । होलीले हामीलाई एकताको पाठ पढाउँछ । समाजमा सहकार्य, प्रेम र समझदारीको भावना विकास गर्न यस्ता कार्यक्रमहरू आवश्यक छन्।
उनले लायन्स क्लबहरू सामाजिक सेवा, मानवता र आपसी सद्भाव बढाउने माध्यम भएको उल्लेख गर्दै भने, “हामी रङहरू जस्तै विविधतामा रमाउँछौं, तर हाम्रो सम्बन्ध अझ मजबुत बनाउनु जरुरी छ । “रङ जस्तै सम्बन्ध पनि गाढा बनाउन आवश्यक रहेको प्रमुख अतिथिले बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सी, पूर्व अध्यक्षहरू सुरेन्द्र घिमिरे, धातानन्द भुसाल, राम शुभागे थारु र ओम प्रकाश घिमिरे विशेष अतिथिका रूपमा उपस्थित थिए।

लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेले कार्यक्रममा बोल्दै भने, “होली केवल रङ खेल्ने पर्व मात्र होइन, यो आत्मीयता साटासाट गर्ने अवसर पनि हो । हामीले यस अवसरलाई आत्मसात गर्दै सामाजिक सद्भावलाई अझ मजबुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

उनले क्लबले समाजमा गरिरहेको योगदानको चर्चा गर्दै भने, “हामी केवल उत्सव मनाउने मात्र होइन, सामाजिक कार्यमा पनि सधैं अघि सर्छौं र समय अनुसार हाम्रो परम्परामा पनि रमाउन आवश्यक रहेको घिमिरेले बताएका थिए ।

कार्यक्रममा उपस्थित सदस्यहरूले एकआपसमा शुभकामना साटासाट गरेका थिए ।
“रङहरूले जस्तै हाम्रो समाजका सम्बन्धहरू पनि विविधतामा रहोस्, तर आत्मीयतामा मजबुत रहनु पर्ने कुरा क्लवका पुर्वअध्यक्षहरुले बताएका थिए ।


लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, उपाध्यक्ष सागर घिमिरेको सञ्चालन रहेको कार्यक्रम सहसचिव गिरीराज कडेँलको संयोजनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया