

के हो प्यूठान कांग्रस र एमाले सांसद सूर्य थापाबीचको विवाद ?

नेपाली कांग्रेस प्युठान र प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित एमालेका सांसद सूर्य थापाबीच आरोप प्रत्यारोप चलेको छ। केही दिनअघि नेता थापा प्यूठानका विभिन्न कार्यक्रममा जाँदा त्यहाँका कांग्रेस नेताहरुले आफ्नो अपमान भएको भन्दै आपत्ति जनाउँदै आएका थिए ।
कांग्रेस प्युठानका पार्टी सभापति विष्णु गिरीले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गर्दै सांसद थापालाई गम्भीर आरोप लगाउँदै त्यसको प्रतिवाद गरेपछि थापाले पनि जवाफी फायर खोलेका छन्। संघ र प्रदेशमा सत्तारुढ दल भएपनि प्यूठानमा कांग्रेस एमालेका नेताहरु बजेटको श्रेय लिने विषयमा आरोप प्रत्यारोपमा गइरहेका छन् ।
कांग्रेस नेता गिरीले सांसद थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राखे व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादा विपरीत अस्वभाविक चरित्र देखाउने, बहुपार्टी सिद्धन्तलाई अनदेखा गरी निरन्तर असमावेसी स्वभाव देखाएको आरोप लगाएका छन्।
पुस ११ गते जिल्ला समवय समितिको जिल्ला सभामा उपस्थित सर्वदलीय तथा सर्वपक्षीय कार्यक्रममा थापाले समानुपातिक समावेशी सिद्धान्तको विरुद्ध समानुपातिकहरुलाई फुर्सदै फुर्सद छ, न कसैले जन गुनासो गर्दछन्, न यिनीहरुमा कुनै जिम्मेवारी छ न कुनै चुनाव जितेको अनुभव छ भन्ने अभिव्यक्ति दिएकोमा कांग्रेसले आपत्ति जनाउँदै आएको छ।
जिल्ला समन्वय समिति प्यूठानको पूर्व निर्धारित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोलाइएको एक समानुपातिक सांसद उपस्थित भएको कार्यक्रममै पुगि उक्त माइन्यूट च्यान्न लगाउने, नेपाली कांग्रेस प्यूठानबाट मन्त्री भएका व्यक्तिलाइ इगित गरी जनताको घर दैलोमा पुग्ने कुरालाई जोकरको रुपमा क्याटवाक गर्दै हिँडेर विकास हुन्छ भन्दै आपत्ति जनाउनेलगायतको काम गरेको आरोप थापामाथि कांग्रेसले लगाएको छ।
कांग्रेसले जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाई भेट्ने र मतदातासँग के वोल्ने हो भन्ने कुरामा तपाइसँग अनुमति लिनुपर्ने हो ? भन्दै प्रश्न गरेको छ। हाल सत्ता साझेदारीमा रहेका दुई ठूला दलको गठबन्धनको गरिमालाई बिखण्डन गर्ने दूषित भनाइहरुलाई बन्द गर्न आग्रह गरेको छ।
कांग्रेसको आरोपछि सांसद थापाले शनिबार यसको जवाफ सामाजिक सन्जालकै दिएका छन् । ‘केही नलेख्ने भनेको तथ्य लेख्नैपर्ने भयो भन्दै उनले प्रष्टीकरण दिएका छन्। उनले कांग्रेस प्युठानका केही व्यक्तिहरुले दिउँसै रात पार्ने कोसिस गरेको टिप्पणी गरेका छन्।
‘जहाँसम्म जितको उन्माद भनिएको छ, पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन।’
उनको भनाइ जस्ताको तस्तैः
नेपाली कांग्रेस प्यूठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर क्याटवाकका क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ।
प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा कांग्रेसको टीमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ।
ल मानौं, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्व भाइरल गरिएको छ। जबकि चालू आ।व।मा बाग्दुला– मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तिमा छ करोड रकम चालू आबमै थप बजेटका लागि सिफारिस गरेर कोसिश गरिरहेको छु।
प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेण्डर निकालिएकोसम्म छैन। विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का संझौताअन्तर्गत १० बर्षदेखि कुरा भएर काम नभएको बाग्दुला–मच्छी–भिमगिठे सडकको पुनः ठेक्का लगाउन गतबर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।
यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटरबाटोमा पैदलयात्रा (क्याटवाक) भएको रहेछ रु यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौं र ? अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र कांग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?
काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ।
यसका बारेमा नेकपा एमाले, प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ। जहाँसम्म जितको उन्माद भनिएको छ, पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?’
कांग्रेसको विरोध र थापाको प्रतिवादलाई लिएर जिल्ला तथा प्रदेश तहका दुई दलका कार्यकर्ताहरु अहिले सामाजिक सन्जालमा दोहोरी खेलिरहेका छन् ।



खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया