

नेसपा(नयाँ शक्ति) को प्रथम महाधिवेशन : खुल्ला केन्द्रिय सदस्यमा कपिलवस्तुका खनाल निर्वाचित



साझाकुरा, कपिलवस्तु । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को हालै काठ्माण्डौँमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीले ९९ सदस्यीय नयाँ केन्द्रिय समितिको नेतृत्व चयन गरेको छ । नेसपा (नयाँ शक्ति) को पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराईले ७ सय ६१ मत सहित निर्वाचित भए ।
अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरे भने उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भए । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यसैबिच नेसपा (नयाँ शक्ति) को सम्पन्न प्रथम महाधिवेशनले देशभरबाट ३ सय बढी उमेद्धारहरुले पदाधिकारी तथा सदस्यमा उमेद्धारी दिएको भए पनि ११ पदाधिकारीसहित ९९ सदस्यी केन्द्रिय समितिको निर्वाचन गरेको हो । जस अन्र्तगत केन्द्रिय सदस्य खुल तर्फबाट कपिलवस्तुका नारायण खनाल उत्कृष्ट मत सहित बिजयी हासिल गर्नुभएको छ । खनालसँगै केन्द्रिय सदस्य खुला तर्फ ६ पदका लागि १२ जना उमेद्धार चुनावी मैदानमा प्रतिश्प्रधामा रहेका थिए । खनालले उत्कृष्ट ३१० मतसहित विजयी हुनुभएको हो । खनालसँगै केन्द्रिय समिति सदस्यमा खुला तर्फबाट रोशन पोख्रेल (गोरखा), फणिन्द्र देवकोटा लगाएत रहेका छन् । उहाँले आफु पार्टीको केन्द्रिय समिति सदस्यमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफुलाई निर्वाचित गराउन प्रत्यक्ष अप्रत्यक्ष भुमिका खेल्ने सबै अभियान्तहरुलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।
यस्तो छ उहाँको स्टाटस :
धन्यवाद एबं हार्दिक आभार !नेपाल समाजबादी पार्टी ( नयाँ शक्ति ) काे हालै काठमाडौंमा सम्पन्न ऐतिहासिक प्रथम महाधिवेशनकाे दाैरानमा पार्टीका संस्थापक अभियान्ता हरुले पदाधिकारी सहित ९९ सदस्य केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारी मै उम्मेदवारी दिन अनुरोध गर्नु भएको थियो तर म त्यसाे नगरीकन ६ जना खुला केन्द्रीय सदस्य पदका लागि १२ जना उम्मेदवार मैदान मा प्रतिस्पर्धामा रहेका थियौं । निर्वाचन सकियो र जब मत गणना सुरु भयो ,तब म देखे -ब्यालेड पेपरकाे प्रत्येक मतमा मेरो बिजय सुनिश्चित बनाउनका लागि महाधिवेशन प्रतिनिधि हरुले लगाउनु भएको ‘ राइट’ चिन्ह भित्र मलाई मत मात्रै दिनु भएको छैन आफ्नो मन पनि दिनु भएको कुराकाे उच्च प्रकारको मुल्यबाेध भएको छ । मेरो निम्ति ब्यालेड पेपरकाे प्रत्येक कागजमा यहाँ हरुले लगाउनु भएको ‘ राइट ‘ भित्र , समृद्धिकाे युगको ऐतिहासिक कार्यभारकाे धड्कन अभिब्याक्त भएको छ र त्यो कुराकाे अपेक्षा म बाट गरिएको गहिरो अनुभुती भएको छ । नयाँ युगको नयाँ कार्यभार पुरा गर्ने उदेश्यले बिबेक सम्मत नै स्थापना भएको हाम्रो पार्टीका अगाडि जतिसुकै डरलाग्दा चुनाैतिका पहाड हरु रहेको भए पनि त्यस लाइ ‘ पाँच स ‘ काे हतियार द्रारा छिचोल्दै दृढ निश्चयैका साथ युद्ध स्तरमै अगाडि बढने छु । धेरै केही गर्न सकिन भने पनि यहाँ हरु र जनताको सिर झुक्ने गरी कुनै गल्ती भने बिल्कुलै नगर्ने प्रतिबद्धता प्रकट गर्दछु ।
मलाई थाहा छ,नेपाल समाजबादी पार्टी ( नयाँ शक्ति ) काे नेतृत्व भिजनरी ,दुरदर्शि,इमानदार ,नैतिकबान ,धेरै सहनशील ,शिष्ट ,कम जिद्दीबाल, कृपालु र पुरै पार्टी लाइ संयाेजन गरेर संङ्गै लिएर हिड्न सक्ने क्षमता भएको हुनुपर्ने । त्यसका लागि मेरो पुरै प्रयास रहनेछ । मेरो बिजय लाइ सुनिश्चित गर्न प्रत्यक्ष अप्रत्यक्ष भुमिका खेल्नु हुने पार्टीका सबै अभियान्ता हरु प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु ।



प्रतिक्रिया