

फागुन ५ को लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने



बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ५ गतेको लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुन आउने क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले समय व्यवस्थापन गरेको हो ।
सम्बोधनका लागि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत शुक्रबार निमन्त्रणा पठाएका छन् ।
सभामुखको निमन्त्रणाअनुसार मुख्यमन्त्री आचार्यले शुक्रबार नै प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पठाइसकेका छन् । प्रधानमन्त्री ओलीले फागुन ५ गते सोमबार बस्ने बैठकलाई विशेष सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको बताए । ‘हामीले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा गरेर समय पनि व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘सोमबारको प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्री घोराहीमा हुने कार्यक्रममा सहभागी हुने र मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुनुहुनेछ ।’
प्रदेश सरकारले प्रधानमन्त्रीसँग नै छलफल गरेर कार्यक्रम र समयको व्यवस्थापन गरेको उनले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया