
फागुन ५ को लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ५ गतेको लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुन आउने क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले समय व्यवस्थापन गरेको हो ।
सम्बोधनका लागि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत शुक्रबार निमन्त्रणा पठाएका छन् ।
सभामुखको निमन्त्रणाअनुसार मुख्यमन्त्री आचार्यले शुक्रबार नै प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पठाइसकेका छन् । प्रधानमन्त्री ओलीले फागुन ५ गते सोमबार बस्ने बैठकलाई विशेष सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको बताए । ‘हामीले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा गरेर समय पनि व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘सोमबारको प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्री घोराहीमा हुने कार्यक्रममा सहभागी हुने र मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुनुहुनेछ ।’
प्रदेश सरकारले प्रधानमन्त्रीसँग नै छलफल गरेर कार्यक्रम र समयको व्यवस्थापन गरेको उनले बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया