

प्रयागराज महाकुम्भ मेला : त्रिवेणी सङ्गममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाएको दाबी



एजेन्सि | भारत सरकारले शुक्रबार विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सवमा ४२ करोडभन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको बताएको छ । आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर गणना गरिएको अनुमान गरेका छन् ।
संयुक्त राज्य अमेरिका र क्यानाडाको जनसङ्ख्याभन्दा बढी यो अचम्मको सङ्ख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन । यो एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्याङ्क हो ।
“त्रिवेणी सङ्गममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाए”, गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गमलाई उल्लेख गर्दै सरकारको प्रेस सूचना ब्युरोले भन्यो ।
उत्तरी सहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ताभन्दा बढी समय बाँकी छ । यो जुन फेब्रुअरी २६ मा समाप्त हुँदैछ ।
भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन् । आलोचकहरूले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवद्र्धन गरिएको बताउँछन् । प्रधानमन्त्री मोदीले आफैँ बुधबार पवित्र स्नान गर्नुभयो ।
मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) कै आक्रामक साधु योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ र उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ ।
आयोजकहरूले क्यामेराहरूको नेटवर्क र माथिबाट उड्ने ड्रोनहरू प्रयोग गरिरहेको बताएका छन् । एआई प्रणालीहरूले भक्तजनहरूको सङ्ख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन् ।
तर त्यसले जनवरी २९ मा भएको घातक भागदौडलाई रोक्न सकेन । उक्त भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भयो र ९० अन्य घाइते भए । मृत्युहरूले आदित्यनाथ र उहाँको सरकारको कार्यक्रम उत्कृष्ट व्यवस्थापनको दाबीमाथि धब्बा लगायो ।
घटनास्थलको ग्राफिक टेलिभिजन फुटेजका बावजुद अधिकारीहरूले घन्टौँसम्म कोही पनि गम्भीर रूपमा घाइते नभएको जिकिर गरे । यो उत्सव अमृतको कलश नियन्त्रणका लागि देवता र दानवहरूबीचको युद्धसम्बन्धी हिन्दू पौराणिक कथामा आधारित छ ।
तीर्थयात्रीहरू पवित्र स्नानले उनीहरूलाई मोक्ष प्राप्त गर्न मद्दत गर्ने विश्वास गर्छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया