

प्यूठानमा एक वृद्धको हत्या, वनको भित्री बाटोमा शव फेला !


प्युठान | प्यूठानमा एक ६८ वर्षीय पुरूषको हत्या भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–५ का ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।
उपाध्यायको अनुहारमा गहिरो घाउ खत देखिएको हुँदा उनीमाथि घरेलु हतियार प्रहार भएको हुन सक्ने डिएसपी बस्यालले बताएका छन् । उपाध्यायको शव शुक्रबार बिहान ९ बजेतिर खुमबाट नारीकोट जाने कवलपति वनको भित्री बाटोमा शव फेला परेको थियो ।
उपाध्याय सामान्य खेती किसानी गर्ने व्यक्ति थिए । उपाध्यायको हत्या आशंकामा प्रहरीले तीन–चार जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । ‘हामी हत्यामा संलग्न व्यक्तिको नजिक पुगेका छौं, आरोपी उम्कन सक्ने अवस्था छैन’, ’ डिएसपी बस्यालले भने । घटनास्थल जिल्ला प्रहरी कार्यालय खलंगाबाट ४६ किलोमिटर टाढा पर्छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया