

एक घर एक धाराुको अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित : मुख्यमन्त्री आचार्य



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘एक घर, एक धारा’ अभियानले आधारभूत तहका उपभोक्ताहरूको खानेपानी पहुँच सुनिश्चित गरेको दाबी गर्नुभएको छ। बिहीबार भालुबाङमा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी योजनाहरूलाई तीव्र रूपमा अघि बढाइरहेको बताउनुभयो।
प्रदेशमा हाल ९२ प्रतिशत जनसंख्या खानेपानी सेवामा पहुँच राख्ने भए पनि सुरक्षित पानीको सुनिश्चितता गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ। “प्रदेश सरकार स्थापना नहुँदा खानेपानीको अवस्था दयनीय थियो, अहिले अवस्था निकै सुधारिएको छ,” उहाँले भन्नुभयो, “अब आधारभूत मात्र होइन, सुरक्षित र स्वच्छ पानी पुर्याउने सरकारको लक्ष्य हो।”
हाल लुम्बिनी प्रदेशमा ३,१७० खानेपानी आयोजना सञ्चालनमा छन्, जसबाट १५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्। यस वर्ष थप ७ लाख नागरिकलाई खानेपानी सुविधा दिने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा मात्र १,३९० आयोजना सञ्चालन गरिँदैछ, जसका लागि १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मुख्यमन्त्री आचार्यले अधुरा आयोजना पूरा गर्न र खानेपानीलाई संविधान प्रदत्त अधिकारका रूपमा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूमा महिलाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। विशेष गरी ग्रामिण भेगका संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूको भूमिका बढाउनुपर्ने उहाँको धारणा छ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया