



एक घर एक धाराुको अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित : मुख्यमन्त्री आचार्य


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘एक घर, एक धारा’ अभियानले आधारभूत तहका उपभोक्ताहरूको खानेपानी पहुँच सुनिश्चित गरेको दाबी गर्नुभएको छ। बिहीबार भालुबाङमा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी योजनाहरूलाई तीव्र रूपमा अघि बढाइरहेको बताउनुभयो।
प्रदेशमा हाल ९२ प्रतिशत जनसंख्या खानेपानी सेवामा पहुँच राख्ने भए पनि सुरक्षित पानीको सुनिश्चितता गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ। “प्रदेश सरकार स्थापना नहुँदा खानेपानीको अवस्था दयनीय थियो, अहिले अवस्था निकै सुधारिएको छ,” उहाँले भन्नुभयो, “अब आधारभूत मात्र होइन, सुरक्षित र स्वच्छ पानी पुर्याउने सरकारको लक्ष्य हो।”
हाल लुम्बिनी प्रदेशमा ३,१७० खानेपानी आयोजना सञ्चालनमा छन्, जसबाट १५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्। यस वर्ष थप ७ लाख नागरिकलाई खानेपानी सुविधा दिने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा मात्र १,३९० आयोजना सञ्चालन गरिँदैछ, जसका लागि १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मुख्यमन्त्री आचार्यले अधुरा आयोजना पूरा गर्न र खानेपानीलाई संविधान प्रदत्त अधिकारका रूपमा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूमा महिलाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। विशेष गरी ग्रामिण भेगका संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूको भूमिका बढाउनुपर्ने उहाँको धारणा छ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया