

प्रचण्ड भन्छन्, “अब २०८४ मा ०६४ काे जस्तै मत दिनुहाेस म आफुलाई सुधार्न तयार छु”



दाङ —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका कमीकमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताएका छन् ।
शुक्रबार दिउँसो तुलसीपुरको अरनिको मैदानमा भएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले विगतमा कमजोरी भएको स्वीकार गरे । ‘२०६४ सालमा मत पाए पनि आफ्नै कमजोरीले सफल हुन सकेनौं,’ उनले भने,’तेस्रोपटक प्रधानमन्त्री हुँदा मात्रै गल्ती, कमजोरी थाहा भयो अनि सुधारका कामहरू सुरू गर्यौं ।’ त्यही सुधारका कामअन्तर्गत भ्रष्टाचारविरूद्ध कदम चाल्दा सरकार ढाल्ने षड्यन्त्र भएको उनले बताए ।
कमीकमजोरी सुधारेर समाज र देश परिवर्तनका लागि नेतृत्व गर्ने चाहना रहेको बताउँदै उनले अब २०८४ मा ०६४ मा जस्तै मत दिन आग्रह गरे । ‘म जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु,’ उनले भने, ‘अब कमजोरी हुँदैन । म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।
माओवादी बिग्रियो, टुटफुट भयो भन्ने गुनासो रहेको बताउँदै उनले अब माओवादी आन्दोलनका सबै पक्षलाई एकजुट बनाउने योजना रहेको जानकारी दिए । ‘अब हामी सच्चिएर सबै माओवादी एकजुट हुने प्रयास गर्छौं,’ उनले भने, ‘हामीले बहुमत पाए काम गरेर देखाउँछौं ।’


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया