
रवि लामिछानको बयान सकियो, भोलिमात्रै थुनछेक बहस हुने

लुम्बिनी | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बुधबार जिल्ला अदालतमा रुपन्देहीमा बयान सकिएको छ। लामिछानेको बयान न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा भएको हो।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो।
लामिछानेको बयान सकिएर आजै थुनछेक बहस हुने भनिए पनि बयान ढिला सुरू भएकाले थुनछेक बहस बिहीबार (भोली) मात्रै हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। अदालतले लामिछानेलाई जिम्मा जमानीमा छाडेको छ।
अदालतले उनलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायीको जमानीमा छाडेको हो। गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन्।
गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। लामिछाने श्रीमती निकिता पौडेलसहित मंगलबार साँझ भैरहवा पुगेका थिए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया